गृहपृष्ठ ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ७५ नगद लाभांश पारित

ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ७५ नगद लाभांश पारित

ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ७५ नगद लाभांश पारित

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज असोज १० गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित १,४७,००,००० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गरी आएको छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु