गृहपृष्ठ धानबालीमा मरुवा रोगको समस्या
धानबालीमा मरुवा रोगको समस्या
जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो ।
कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन् । ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ । अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उनले सुझाब दिइन । यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी दिइन ।
उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ । यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाब दिइन । खेतमा पानी जमाई राख्न पनि उनको सुझाब छ । ढुसि सहन सक्ने जातका धान लगाउनु पर्ने उनले जानकारी दिइन ।
जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताइन ।
प्रकाशित समय : १३:१२ बजे


















