गृहपृष्ठ नेपाल इन्जिनियरिंग कलेजको ३१ औं वार्षिकोत्सव सम्पन्न

नेपाल इन्जिनियरिंग कलेजको ३१ औं वार्षिकोत्सव सम्पन्न

नेपाल इन्जिनियरिंग कलेजको ३१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको ३१ औ वार्षिकोत्सव बिहीबार भक्तपुरमा सम्पन्न भएको छ ।

वार्षिक उत्वसको उदघाटन गर्दै भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले देशकै उत्कृष्ट कलेजमध्येमा पर्ने नेकलाई उही रफ्तारमा फर्काउनुपर्नेमा जोड दिए । त्यसका लागि आफू अभिभावक भएकाले जस्तोसुकै कदम चाल्न पनि आफू तयार भएको उनले बताए ।

उनले बीर अस्पतालका लागि भनी दिएको कलेजले उपभोग गरिरहेको १७४ रोपनी जग्गा पनि फर्काउन आफू तयार रहेको बताए । आफू मेयर हुनु भन्दा पहिला नै अस्पताललाई जग्गा दिइसकेकाले आफूले चाहेर पनि त्यो जग्गालाई कलेजका नाममा दिन नसकेको बाध्यता उनले पोखे । उनले भने, तपाईहरु सवैले सहयोग गरे भने म त्यसका लागि फेरि पनि लड्न तयार छु ।

कलेजका प्राचार्य सहप्रध्यापक दुर्गाप्रसाद भण्डारीले ३१ वर्ष लामो इतिहास बोकेको कलेजको हिजो, आज र भोलि विषयमा प्रस्तुतीकरण गरे । गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सुरुवात भएको कलेजलाई त्यही अनुसार अगाडि वढाइरहेको उनले स्पष्ट पारे । त्यही कारण वार्षिक बजेटको आधाआधी रकम छात्रबृतिमा प्रदान गरिरहेको जानकारी उनले गराए ।

कार्यक्रममा कलेजका सहप्राचार्य सहप्रध्यापक मोहनध्वज केसी, कलेज व्यवस्थापन समितिका सदस्य एवं कलेज रहेको चाँंगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष सोम प्रधान, कलेजकी प्राध्यापक एवं कलेजका शिक्षकहरुकोतर्फबाट कलेज व्यवस्थापन समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठी, कलेज व्यवस्थापन समितिका अर्का सदस्य एवं दैनिक कार्यसञ्चालन समितिका संयोजक नरेश खड्का, समितिकै सदस्य सन्तोष केसीलगायतले कलेजका विविध विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा २० वढी सेवा सेवा गरेका ६ जना शिक्षक कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शोभा खनाल, अर्जुन थापा, प्रल्हाद न्यौपाने, जग्गनाथ अर्याल, सुमित्रा शाक्य र विकास खड्का रहेका छन् । उनीहरु सवैलाई नगर प्रमुख खत्रीले दोसल्ला ओढाई नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

नाफा नलिने उद्देश्यका साथ सञ्चालित यो कलेज जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी सञ्चालित छ । यसअघि कलेजका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भटराईको शालिकमा माल्यार्पण गरिएको थियो ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु