गृहपृष्ठ विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की

विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की

विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्।

सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।

‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु