global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी–२ को लागि जुट्यो १० अर्ब बढी लगानी

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी–२ को लागि जुट्यो १० अर्ब बढी लगानी

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी–२ को लागि जुट्यो १० अर्ब बढी लगानी

७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी जुटेको छ। लक्ष्मी सनराइज बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब ५० करोड रूपैयाँ लगानी गर्ने भएका हुन्।

दुधकोशी हाइड्रोपावर नेपालसँग यससम्बन्धी सम्झौता भएको छ। यस आयोजनाको कुल लागत करिब १५ अर्ब रूपैयाँ अनुमान गरिएको छ। लक्ष्मी सनराइज बैंकको नेतृत्वमा भएको सहवित्तीयकरणमा एभरेष्ट बैंक सह–अगुवा र सानिमा बैंक सदस्यको रूपमा छ।

बैंकहरूबाट सहवित्तीयकरण मार्फत् आयोजनामा ७० प्रतिशत र बाँकी ३० प्रतिशत रकम संस्थापक तथा प्रवर्द्धकबाट जुटाइने भएको छ। सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा निर्माणाधीन उक्त आयोजना अर्धजलाशय प्रणालीमा आधारित हुनेछ।

दुधकोशी–२ आयोजनाले २०७७ असोज ७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ। त्यस्तै, २०७८ मंसिर ६ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता पिपिए समेत गरेको थियो।

आयोजनामा आयु मलुन हाइड्रोपावर लिमिटेडसहित कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल प्रवर्द्धकका रूपमा छन्।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु