गृहपृष्ठ टेलिकमले हुवावेलाई दिन लागेको बिलिङ प्रणाली ठेक्का रोकियो

टेलिकमले हुवावेलाई दिन लागेको बिलिङ प्रणाली ठेक्का रोकियो

टेलिकमले हुवावेलाई दिन लागेको बिलिङ प्रणाली ठेक्का रोकियो

नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदसम्बन्धी ठेक्कामा छनोट भएको चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने काम स्थगित गरेको छ ।

यो ठेक्कामा सेटिङ गरेर ठूलो अनियमितताको खेल भइरहेको तथ्य नेपाल प्रेसले प्रस्तुत गरेपछि मूल्य खोल्ने मिति अनिश्चितकालका लागि सारिएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै मूल्य खोल्ने मिति स्थगन गरिएको हो । प्रक्रिया रद्द भने गरिएको छैन ।

गत १४ भदौमा टेलिकमले बोलपत्रमा भाग लिएका दुई कम्पनीहरुमध्ये हुवावे मात्र प्राविधिकरूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु