गृहपृष्ठ दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा
दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल लमार्फत पतिलाई पदबाट हटाइएपछि पहिलोपटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गरेकी हुन ।
किमलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचार लगायतका आरोपमा पक्राउ गरिएको थियो । उनि गार्डहरूको बीचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित इन । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उनि अदालतमा देखिन्छिन ।
पहिचान र पेशा पुष्टि गर्ने क्रममा उनले संक्षिप्त जवाफ दिइन, “म बेरोजगार छु ।” उनले जन्ममिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गरिन ।
यो मुद्दाले दक्षिण कोरियामा पहिलोपटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेष गरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा वामपन्थी पादरीसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा छन।
उनिमाथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानून उल्लङ्घन गरेको आरोपसमेत छ । कानूनी विज्ञहरूका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ ।
प्रकाशित समय : १६:२९ बजे



















