global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ स्रोतले भन्यो ।

 

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु