काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

2.86K
shares

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न गरेको छ । पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।

यहि असोज २ गते काठमाडौंको एलफट होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालका गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।

नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।