global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

रामेछाप । रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ ।
२०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भए पनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन ।
मन्थली नगरपालिकाकोको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घर परिवारलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले सो खानेपानी योजना सञ्चालन भएको हो । तामाकोसी नदीबाट पानी तानेर खानेपानी वितरण गरिने उक्त आयोजना निर्माणको जिम्मा शर्मा सगुन जेबीले लिएको थियो ।
संघीय खानेपानी मन्त्रालयको खानेपानी विभाग मार्फत ६१ करोड ४९ लाख रुपैँयमा सम्पन्न हुने सो खानेपानी योजनाको लागि स्थानीय उपभोक्ताको १ प्रतिशत रकम ४ वर्ष अघि नै जम्मा गरिसकेका छन् ।

अहिले खानेपानीको लागि गाडिएको पाइप खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण गरिएका अन्य संरचना पनि अस्तव्यस्त अवस्थामा छन् । खानेपानी जस्तो संवेदनशील कुरामा समेत कार्यालय र व्यवसायीले लापरबाही गरेको मन्थली नगरपालिका–५ का वडाध्यक्ष रवीन कार्की बताउँछन् ।

खानेपानी योजना सुरु हुँदा स्थानीय खुसी भए पनि काम समयमा नसकिँदा निराश भएका स्थानीय ध्रुव सुवेदी बताउँछन् । त्यस्तै योजनाका संरचना पनि अस्तव्यस्त भएका उनले सुनाए ।
संघीय खानेपानी तथा ढल निकास कार्यालय रामेछापका प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ हालसम्म काममा ५५ प्रतिशत र ५० प्रतिशत आर्थिक प्रगति भएको बताउँछन् । कात्तिक ३० गतेभित्र केही स्टेजमा पानी चलाउने निर्माण व्यवसायीले बताएको र फागुनसम्म सबै काम सकिने कुरा भएको श्रेष्ठको भनाइ छ । तर त्यसको आधार भने कार्यालयसँग पनि छैन ।

प्रकाशित समय : ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु