global ime bank Long Banner Ad

गृहपृष्ठ गाजा सहर छोड्न नयाँ सुरक्षीत मार्ग खुलाः इजरायली सेना

गाजा सहर छोड्न नयाँ सुरक्षीत मार्ग खुलाः इजरायली सेना

गाजा सहर छोड्न नयाँ सुरक्षीत मार्ग खुलाः इजरायली सेना

इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो ।

इजरायली सेनाले मङ्गलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो ।
इजरायली सेनाले अब ‘सलाह अल–दिन सडक’ मार्फत अस्थायी यातायात मार्ग खोलिएको जानकारी दिएको छ, जुन बिहीबार दिउँसो १२ बजेदेखि ४८ घण्टाका लागि खुला रहने छ ।

युनाइटेड नेसन्सले अगस्त अन्त्यमा गाजा सहर र वरपर करिब एक लाख मानिसहरू बसोबास गर्ने अनुमान गरेको छ । हालसम्म तीन लाख ५० हजार भन्दा बढी मानिसहरू दक्षिणतर्फ भागिसकेको इजरायली सेनाको दाबी छ ।

तर गाजा बसोबास गर्ने धेरै मानिसहरू भने,“यहाँ कुनै सुरक्षित ठाउँ छैन । हामी घरमै मर्न तयार छौं ।”

युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा सुरु भएको थियो, जसमा एक हजार २१९ जना सामान्य नागरिक मारिएका थिए । इजरायली कारवाहीमा अबसम्म करिब ६४ हजार ९६४ जना सामान्य नागरिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले इजरायलले गाजामा ‘जनसंहार’ गरिरहेको बताएका छन् । तर इजरायली सरकारले यो आरोप अस्वीकार गर्दै उक्त टोलीको तुरुन्त खारेजीको माग गरेको छ ।

यसैबीच कतार र फ्रान्सले इजरायललाई गाजा सहरमाथि आक्रमण रोक्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका शेखसँग भेट गरी मध्यस्थताको भूमिकामा रहन आग्रह गरे ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु