गृहपृष्ठ रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण योजना सुरु (भिडियो सहित)

रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण योजना सुरु (भिडियो सहित)

रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण योजना सुरु (भिडियो सहित)

काठमाडौं ।काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ योजना सुरु गरेको छ । बुधबार एक विशेष समारोहका बीच यो योजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

समारोहमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै योजनाको सुरुआत गरेका थिए ।

ढुंगेलका अनुसार यस योजनाको उद्देश्य पुराना गाडी खरिद गर्दा हुने अविश्वास, शंका र ठगी जस्ता समस्या समाधान गर्नु हो । उनले भने, “यदि हामीले बिक्री गरेको गाडी पछिल्ला मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र दिएपछि पनि त्यस गाडी पहिले नै दुर्घटनाग्रस्त भएको प्रमाणित भएमा हामीले खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता दिने ग्यारेन्टी दिनेछौं ।”

कार्यक्रममा व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटनारहित प्रमाणपत्रले बजारमा पारदर्शिता र जिम्मेवारी बढाउने बताए भने सलीको इन्सुरेन्सका शाखा प्रबन्धक शम्भु बस्य्यौलाले रेसिङले बिक्रीसम्मको जिम्मेवारी लिने र त्यसपछिका जोखिम बीमा कम्पनीहरूले वहन गर्ने जानकारी दिए ।

यस्तै कम्पनीका मेकानिकल इन्जिनियर घनश्याम रजकले गाडीको विस्तृत मूल्याङ्कन गरेर मात्र प्रमाणपत्र प्रदान गरिने स्पष्ट पारे। कार्यक्रममा सहभागी बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको पारदर्शिता र व्यावसायिक दृष्टिकोणको प्रशंसा गरेका थिए ।

सो अवसरमा कम्पनीले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल ८८’ पनि सार्वजनिक गरेको थियो, जसले ब्रान्डको पहिचान र पुराना गाडीको कारोबारमा विश्वसनीयता अभिव्यक्त गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

ढुंगेलले भने, “सरकारले राष्ट्रिय शोकको दिनका रूपमा सार्वजनिक विदा दिएको भए पनि, विश्वकर्मा पूजाको अवसरमा यन्त्र, मिसिनरी र सवारीसाधनको पूजा गर्ने परम्परा भएकाले कार्यक्रम अगाडि बढाइएको हो,” भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु