गृहपृष्ठ मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन्।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटेका हुन्। भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ। उनीहरूलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु