गृहपृष्ठ फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने

फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने

फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने

देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माण रहेको फिल्म ‘परान’ अहिले पोस्ट–प्रोडक्सनमा छ । फिल्म कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।

नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठीलगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्मले छायाङ्कन समयमा आफ्नो प्रदर्शन मिति कात्तिक १४ गते घोषणा गरेको थियो । तर अहिले मौन छ । फिल्म कात्तिक १४ गते रिलिज हुने नहुने अहिले त्यसै भन्न सकिन्न ।

निर्देशक आचार्यले भने कात्तिक १४ मै फिल्म रिलिज हुने बताए । ‘फिल्मको पोस्ट–प्रोडक्सनको काममा लागेका कारण हामीले बाहिर हल्ला गर्न नभ्याएका हौँ’, आचार्य भन्छन्– ‘केही दिनमा फष्टलुक्स पोस्टर सार्वजनिक गरेर प्रचार थाल्नेछौ ।’

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु