गृहपृष्ठ नेपालको वर्तमान अवस्थाका सम्बन्धमा नाडाका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नेपालको वर्तमान अवस्थाका सम्बन्धमा नाडाका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नेपालको वर्तमान अवस्थाका सम्बन्धमा नाडाका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ ।

भदौ ३१ गते व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखेका छन् ।

सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताए ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु