गृहपृष्ठ एमबाप्पेप्रेरित रियालको पुनरागमन जित, बिल्बाओविरुद्ध आर्सनललाई तीन अंक

एमबाप्पेप्रेरित रियालको पुनरागमन जित, बिल्बाओविरुद्ध आर्सनललाई तीन अंक

एमबाप्पेप्रेरित रियालको पुनरागमन जित, बिल्बाओविरुद्ध आर्सनललाई तीन अंक

किलियन एमबाप्पेप्रेरित स्पेनिस लिग लिडर रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ ।

मंगलबार घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा रियाललाई जित दिलाउन दुवै गोल एमबाप्पेले गरे । मार्सेका टिमोथी वेहले गोल गरे ।

खेलको २२औँ मिनेटमा वेहको गोलमार्फत मार्सेले अग्रता लिएको थियो । तर, पाहुना टिमको यो अग्रता लामो समय टिक्न भने सकेन ।

६ मिनेटपछि नै एमबाप्पेले पेनाल्टीमार्फत रियालका लागि बराबरी गोल गरे । मार्सेका रक्षक जेफ्री कोन्डोग्बियाले रोड्रिगोलाई बक्सभित्र लडाएपछि रियालले पेनाल्टी अवसर पाएको थियो ।

रक्षक ड्यानी कार्भहालले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि ७२औँ मिनेटमा रियाल १० खेलाडीमा समेटिएको थियो । मार्सेका गोलकिपर जेरोनिमो रुलीलाई टाउकाले प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेले ८१औँ मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई पुनरागमन जित दिलाए । मार्सेका रक्षक फाकुन्डो मेडिनाले बक्सभित्र ह्यान्ड गरेपछि भीएआरको सहायतमा रियाललाई पेनाल्टी अवसर प्रदान गरिएको थियो ।

मंगलबार नै भएको अर्को खेमा आर्सनलले एथ्लेटिक बिल्बाओविरुद्ध २–० को जित दर्ता गरेको छ ।

बिल्बाओको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्याब्रियल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले गोल गरे । आर्सनलले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु