nmb bank

गृहपृष्ठ मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

शाखा कार्यालय मार्तडी र कोल्टी शाखा कार्यालयले चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन गरेको जिल्ला शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिए । सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने नीतिअनुसार यहाँ पनि त्यसलाई कार्यान्वयन गरिएको उनले बताए ।

यहाँ अन्य समयमा बिक्री गर्दै आएको दररेटभन्दा प्रतिकेजी पाँचका दरले चामल र चिनीको मूल्य घटाइएको छ । जिल्लाभरि तीन हजार ५०० क्विन्टल चामल बिक्री अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्विन्टल चामल एक महिनासम्म बिक्री हुने शाखा प्रमुख भण्डारीको भनाइ छ ।

हिमाली गाउँपालिकाको धुलाचौर, बिच्छ्या, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन र गौमुल गाउँपालिकाको घटनामा पनि सहुलियत पसल सञ्चालन हुने जनाइएको छ ।
मार्तडीमा चार हजार ८८७ क्विन्टल चामल र १५ क्विन्टल चिनी तथा कोल्टीमा तीन हजार ४२८ क्विन्टल चामल मौज्दात रहेको छ ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु