global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

काठमाडौं उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो ।

अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेख–काठमाडौँ र पनौती–काठमाडौँ रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले बताए । उनका अनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ ।

उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिए । अरनिको र बिपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन् ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु