गृहपृष्ठ खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गरेकोमा आवेदन दिन समय थप भएको छ । भदौ ३१ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु