गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक अस्पतालमा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक अस्पतालमा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने भएको छ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढीमा रहेको उक्त अस्पतालमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पताल भर्ना हुँदा लाग्ने शुल्क जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित समय : १९:२७ बजे



















