global ime bank Long Banner Ad

गृहपृष्ठ शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबार देखि यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ ।

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए । उनले भने, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’

प्रतियोगितामा सहभागिताको लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पुर्ण विद्यालयहरुलाई समेत अनुरोध गर्नु भएको छ ।

आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार सहभागि हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पौष १७ गते वा सो भन्दा पछि हुने पर्नेछ ।

 

 

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु