global ime bank Long Banner Ad

गृहपृष्ठ चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।

स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।

दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।

चीन फासिवादी आक्रमणविरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समयसम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाए । अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो ।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो । चीनले भोलिपल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो। सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ ।
सीसीटीभी

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु