global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कर्मचारीको अवकाश उमेर हदमा सरकारले छाड्यो अडान

कर्मचारीको अवकाश उमेर हदमा सरकारले छाड्यो अडान

कर्मचारीको अवकाश उमेर हदमा सरकारले छाड्यो अडान निजामती सेवा विधेयक मस्यौदा प्रतिवेदनमा छलफल काठमाडौँ १६ भदौः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल’मा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलगायत । तस्बिरः किरणराज विष्ट÷रासस

कर्मचारीको अवकाश उमेर हदमा सरकार आफ्नो अडानबाट पछि हटेको छ । प्रतिनिधिसभाले टुंग्याएको उमेर हदको विषय उल्ट्याउने प्रयासमा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विरोध भएपछि सरकार अडानबाट पछि हटेको हो ।

सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारीको अवकाश उमेर ऐन लागू भएको वर्षमा ५९ बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन् ।

उक्त प्रस्तावमा प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए । प्रतिनिधिसभामा छलफलपछि विधेयकले ऐनको रूप लिएर लागू भएको आर्थिक वर्षमा ५८ वर्षमा अवकाश हुने, त्यसपछिको वर्षमा ५९ वर्षमा र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश हुने गरी सहमति जुटेको थियो।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु