global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सीका स्ट्राइकर निकोलस ज्याक्सनले बायर्न म्युनिखबाट खेल्ने

चेल्सीका स्ट्राइकर निकोलस ज्याक्सनले बायर्न म्युनिखबाट खेल्ने

चेल्सीका स्ट्राइकर निकोलस ज्याक्सनले बायर्न म्युनिखबाट खेल्ने

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर निकोलस ज्याक्सन जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन् । उनी चेल्सीबाट ऋणमा बायर्न म्युनिख पुगेको समाचारमा जनाइएको छ ।

आफ्नो नयाँ क्लबबाट निश्चित संख्यामा खेल खेलेपछि बायर्न म्युनिखले निकोलस ज्याक्सनलाई पाँच करोड ६२ लाख पाउण्डमा किन्नु पर्ने शर्तमा उनी जर्मन पुगेका हुन् । २४ वर्षीय स्ट्राइकर निकोलसका लागि हाल बायर्न म्युनिखले एक करोड ४३ लाख पाउण्ड खर्चिएको समाचारमा जनाइएको छ ।

हालसका लागि उनी सन् २०२५–२६ सिजनभर बायर्न म्युनिखमा रहने छन् । सेनेगलको राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका ज्याक्सन सन् २०२३ मा चेल्सीमा आबद्ध भएका थिए ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु