गृहपृष्ठ कवाडी माथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव (भिडियो सहित)
कवाडी माथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव (भिडियो सहित)
काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिनायादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरू माथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन् ।
‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुनव्यवहार कवाडीहरू माथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’
उनलेकेही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाही विरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषय भएको बताइन् । ‘सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, वार्तामा बोलाएर उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रहगर्दछु,काठमाडौं महानगरपालिकाको कारबाही विरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषयहो ।’उनले भनिन् ।
यादवले कवाड व्यवसायीहरू माथि भएको धनजनको क्षति र उत्पीडनको विषयमा तत्काल छानबिन गरी पीडितलाई न्यायदिन सरकारसँग माग गरेकी छिन् ।
प्रकाशित समय : १४:१२ बजे


















