काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन्’

1.81K
shares

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्वहरू महत्वपूर्ण छन् भनेको छ ।

तीजका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकका मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्व महत्व अधिक रहेको बताएको छ ।

प्रदेश प्रमुख मियाँले भनेको छ, “यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तीज हो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।”