गृहपृष्ठ भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप

भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप

भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप

लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको भारतीय निर्वाचन आयोग अहिले आफ्नो विश्वसनीयता र स्वतन्त्रतामाथि अभूतपूर्व प्रश्न उठ्दै आलोचनाको घेरामा परेको छ ।

विपक्षी दलका नेता र आलोचकहरूले हालै सम्पन्न आम निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको र यसले सम्पूर्ण परिणाम प्रभावित पारेको आरोप लगाएका छन् । तर, निर्वाचन आयोगले भने सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।

नयाँदिल्लीको संसद्मा प्रमुख विपक्षी नेता तथा कांग्रेस पार्टीका राहुल गान्धीले यस अभियानको नेतृत्व गरिरहेको छ ।

अघिल्लो पटक इलेक्ट्रोनिक मतदान मेसिनहरू त्रुटिपूर्ण भएको आरोप लगाएको थियो । अहिले भने निर्वाचन आयोगले डिजिटल मतदाता रेकर्ड सार्वजनिक गर्न अस्वीकार गरेको बताउँदै आफ्ना समर्थकहरूले हप्तौँसम्म हातैले दर्ता सूचीहरू जाँच्दा भेटिएका त्रुटिहरू देखाएको छ ।

आरोपहरू के के छन्  ?

पचपन्न वर्षीय गान्धीले सन् २०२४ को संसदीय चुनावमा मत हेरफेरका कारण आफ्नो पार्टीले दर्जनौँ सिट गुमाएको दाबी गरेको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि छ हप्तासम्म चलेको यो चुनावलाई मानव इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिन्छ ।

गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ९भाजपा० लाई समर्थन गर्न आयोगले मतदाता सूचीमा हेरफेर गरेको बताए । चौरहत्तर वर्षीय मोदीले गत वर्ष ऐतिहासिक तेस्रो कार्यकाल जिते पनि स्पष्ट बहुमत प्राप्त गर्न सकेको थिएन ।

गान्धीका अनुसार धाँधलीका रणनीतिहरूमा एउटै व्यक्तिको नामबाट धेरै पटक मतदान गर्नु, नक्कली ठेगाना प्रयोग गरेर मतदाता थप्नु जस्ता काम समावेश थिए ।

अगस्ट ७ मा पत्रकार सम्मेलनमार्फत आफ्नो पार्टी सानो मतान्तरले हारेको निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी ‘नक्कली’ मत खसेको उदाहरण प्रस्तुत गरे । यस क्षेत्रमा कांग्रेस ३० हजारभन्दा बढी मतले पराजित भएको थियो ।

“हाम्रो माग स्पष्ट छ—निर्वाचन आयोगले डिजिटल मतदाता सूची पारदर्शी रूपमा सार्वजनिक गरोस् ताकि जनता र राजनीतिक दलहरूले स्वतन्त्र रूपमा लेखापरीक्षण गर्न सकून्”, गान्धीले भने ।

 निर्वाचन आयोगको प्रतिक्रिया

भारतीय निर्वाचन आयोगले यी सबै आरोपलाई ‘झुटा र भ्रामक’ भनेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आयोग कहिल्यै आफ्नो संवैधानिक कर्तव्यबाट पछि नहट्ने बताए ।

“निर्वाचन आयोगलाई राजनीतिक औजारका रूपमा प्रयोग गरेर भारतका मतदातालाई लक्षित गर्ने प्रयास भइरहेको छ”, उनले पत्रकार सम्मेलनमा भने, “आयोग सबै मतदातासँग दृढतापूर्वक उभिएको छ र कुनै भेदभावबिना आफ्नो कर्तव्य पूरा गर्न निरन्तर प्रतिबद्ध छ ।”

कुमारले आरोप लगाउनेहरूले प्रमाणसहित शपथपत्र पेस गर्न वा राष्ट्रसँग माफी माग्नुपर्ने चेतावनी पनि दिए ।

किन अहिले ?

गान्धीले अगस्ट १७ मा बिहारमा एक महिनासम्म चल्ने ‘मतदाता अधिकार’ र्‍याली सुरु गरेको छ, जसमा ठूलो जनसमर्थन प्राप्त भएको बताइएको छ । अक्टोबर वा नोभेम्बरमा त्यहाँ हुने विधानसभा चुनावअघि यी आरोपहरू चर्किएका हुन् ।

 

विपक्षीहरूले आयोगले पञ्जीकरण सुधारका नाममा कडा कागजात मागेर सामूहिक मताधिकार हनन गरेको दाबी गरेका छन् । तर, गत हप्ता भारतको सर्वोच्च अदालतले अधिकांश नागरिकसँग हुने बायोमेट्रिक आइडीलाई वैध मान्दै राहत दिएको छ ।

यसैबीच, कार्यकर्ताहरूले जीवित मतदातालाई मृत घोषित गरिएको, पूरा परिवारलाई दर्ता सूचीबाट हटाइएकोजस्ता घटनाहरू रिपोर्ट गरेका छन् ।

गान्धीले यसलाई ‘अन्तिम षड्यन्त्र’ भन्नुभएको छ । बिहारमा मतदाता प्रमाणीकरण प्रक्रिया सेप्टेम्बर २५ भित्र सक्ने र अन्तिम सूची पाँच दिनपछि प्रकाशित गर्ने योजना छ ।

गान्धीले आरोप लगाउँदै भने, “सुधारको नाममा उनीहरूले नयाँ मतदाता थप्ने र पुराना मतदाता हटाएर चुनाव चोर्न खोजेका छन् ।”

आयोगले भने यो अभ्यास विदेशी अवैध आप्रवासीलाई मतदाता सूचीमा प्रवेश गर्न नदिन गरिएको स्पष्ट पारेको छ ।

मोदी नेतृत्वको भाजपाले लामो समयदेखि छिमेकी बङ्गलादेशबाट ठूलो सङ्ख्यामा कागजातविहीन आप्रवासी मुस्लिमहरू भारतको मतदाता सूचीमा प्रवेश गरेको दाबी गर्दै आएको छ ।

यता आयोगले बिहारमा मेसिनले पढ्न सकिने डिजिटल रेकर्डलाई स्क्यान गरिएको छविले प्रतिस्थापन गरेपछि आलोचना बढेको छ । आलोचकहरूको भनाइमा यस परिवर्तनले त्रुटि पत्ता लगाउन कठिन हुने र समय बढी लाग्ने सम्भावना बढेको छ ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु