गृहपृष्ठ विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना
विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना
नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
“दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ । ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भन्नु भयो ।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उहाँहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बनेको छ ।
प्रकाशित समय : १६:१० बजे


















