global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु