काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

समृद्धिका लागि सकारात्मक सोच र समन्वय अपरिहार्य : मुख्यमन्त्री कार्की

1.86K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिका लागि सकारात्मक सोच र समन्वय अपरिहार्य रहेको बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना समारोहमा आज उनले मसमृद्धिको आधार सकारात्मक सोच र तीनै तहका सरकारबीचको समन्वय भएको बताएका हुन ।

मुख्यमन्त्री कार्कीले कतिपय कुरा अपेक्षाअनुसार हुन नसके पनि नकारात्मक धारणा समाजका लागि हानिकारक हुने धारणा राखे । उनले भने,“कतिपय कुरा भनेजस्तो नहुन सक्छ, तर केही पनि भएनजस्तो नकारात्मक सोच फैलाउनाले समाजलाई दिशाहीन बनाउँछ । त्यसैले हामी कता जान चाहन्छौँ भन्ने चिन्तन गर्न आवश्यक छ ।”

मुख्यमन्त्री कार्कीले धरानको विकासका लागि सबै स्थानीय तह र राजनीतिक नेतृत्वबीच एकमत हुनु अत्यावश्यक रहेको बताए । उनले धरानको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले चार वटा डिप बोरिङमार्फत दैनिक करिब ६० लाख लिटर पानी आपूर्ति गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले दुई ठूला दल मिलेर सरकार बनेपछि प्रदेशमा राजस्व २५ प्रतिशतले वृद्धि भएको र निर्यात व्यापार ८७ प्रतिशतले बढेको बताए । चालु मौद्रिक नीति व्यवसायमैत्री रहेकाले उद्योग क्षेत्रलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।