गृहपृष्ठ प्यालेस्टाइनलाई देशको मान्यता दिने अस्ट्रेलियाको घोषणा

प्यालेस्टाइनलाई देशको मान्यता दिने अस्ट्रेलियाको घोषणा

प्यालेस्टाइनलाई देशको मान्यता दिने अस्ट्रेलियाको घोषणा

अस्ट्रेलियाले सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई आधिकारिकरूपमा मान्यता दिने घोषणा गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले आगामी संयुक्त राष्ट्र महासभामा यो निर्णय सार्वजनिक गर्दै भने, ‘प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिनु मध्यपूर्वमा हिंसाको चक्र तोड्न र गाजाको पीडा अन्त्य गर्न महत्वपूर्ण कदम हो ।’

यसअघि फ्रान्स, क्यानडा र बेलायतलगायत पश्चिमी देशले पनि प्यालेस्टाइनलाई मान्यता दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी निर्णयलाई ‘शर्मनाक’ भनेका छन् ।

गाजामा जारी द्वन्द्व र मानवीय संकटका कारण अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि अस्ट्रेलियाले पनि यस्तो कदम चाल्न बाध्य भएको ठानिन्छ ।

संयुक्त राष्ट्रका १९३ सदस्यमध्ये १४५ भन्दा बढी देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिइसकेका छन् ।

गाजामा २२ महिनादेखि जारी युद्धमा हजारौं बालबालिका र महिलाहरू मारिएका छन् । यस्तै, त्यहाँ खाद्यान्न र अन्य आपूर्तिमा रोकावटका कारण भोकमरीको खतरा बढेको छ ।

 

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु