गृहपृष्ठ दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल दलित सङ्घका पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा गहिरो दुःख व्यक्त गरेका छन ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस सुर्खेतका पूर्वउपसभापति एवम् संविधानसभा सदस्यसमेत रहेका बस्यालको निधनमा दुःख व्यक्त गरेका हुन । क्यान्सर रोगबाट पीडित उनको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित निवासमा आज बिहान निधन भएको हो ।

विसं २००८ माघ १५ गते जन्मिएका स्व बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाइएको छ । बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले बस्यालको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताए । स्व बस्यालले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने सभापति देउवाले बताए ।

सभापति देउवाले स्व बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु