global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन

स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन

स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।

वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधान सभा सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य रहेका थिए। उनले नेपाली कांग्रेस र यसको भ्रातृ संगठनहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी संगठन विस्तार तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु