global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग राष्ट्रियसभा बैठकका सहभागी सदस्य काठमाडौँ, २१ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा बुधबारबार बसेको राष्ट्रियसभा बैठकमा सहभागी सदस्यहरु । तस्बिरः गोपाल दाहाल÷रासस

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेको छ । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे ।

बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे । उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र  गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए । सांसद शर्माले कानुनी शासनको प्रत्याभूूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै उनीहरुको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । यही साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशीको धराली गाँउमा आएको बाढीका कारण २२ नेपाली सम्कर्पविहिन भएको र त्यसमा जाजरकोट , बर्दिया र धादिङका नागरिक परेको उनले उल्लेख गरे ।

सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति व्यक्त गर्दै राजनीतिक दलको मूल्याङ्कन नेपाली जनताले निर्वाचन मार्फत गर्ने तर्क गर्नुभयो । निजामती सेवा विधेयकलाई शिघ्र अगाडि बढाउन माग गरे ।

सांसद मोहम्मद खालिदले भारतको उत्तराखण्डको बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु