global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु