गृहपृष्ठ यू-२० महिला टिमका ४ खेलाडी संकटामा

यू-२० महिला टिमका ४ खेलाडी संकटामा

यू-२० महिला टिमका ४ खेलाडी संकटामा

नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमका ४ जना खेलाडी संकटा क्लबमा आबद्ध भएका छन्।

आगामी महिला लिग छनोटका लागि यू-२० टिमबाट डिफेन्डर अनिशा राई, मिडफिल्डर सेनु परियार, फर्वाडद्वय शुक्रिया मिँया र समीक्षा मगर संकटा फुटबल क्लबमा आबद्ध भएका हुन्।

संकटा क्लबले आइतबार नै फर्वाड पूर्णिमा राईलाई आबद्ध गरेको थियो। साफ यू-२० प्रतियोगिता सकेर नेपाली महिला यू-२० टिम हाल एएफसी एसियन कप छनोटका लागि भुटानमा रहेको छ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु