global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज पत्रकारिता पेसा नीतिगत रूपमा सरकारका राम्रा कामको प्रचार–प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए ।

“पत्रकारिता केवल समाचार सङ्कलन मात्र नभई समाज रूपान्तरणको माध्यम हो”, मुख्यमन्त्री कार्कीले भने, “इतिहासले प्रमाणित गरिसकेको छ कि पत्रकारिताबाट सामाजिक र राजनीतिक परिवर्तन सम्भव छ । त्यसैले आजको पत्रकारिताले पनि जनताको आवाज बुलन्द बनाउने दायित्व बहन गर्नुपर्छ ।”

कार्यक्रममा विगत लामो समयदेखि पत्रकारितामा योगदान पु¥याउँदै आएका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री र नकुल काजीलाई दीर्घकालीन सेवा सम्मान गरेको थियो । साथै प्रेस क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु