गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोलि
बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोलि
काठमाडौं । बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोलि बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।
बाढी प्रभावित क्षेत्रका पशु स्वास्थ्य तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलिले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी गराएको छ ।
त्यसैगरी, टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै आवश्यक औषधि तथा खोपसहितका सामग्री उपलब्ध गराइएको टोलीले जनाएको छ ।
प्रकाशित समय : १९:१५ बजे


















