global ime bank Long Banner Ad

गृहपृष्ठ ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।

फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गरे । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताए ।

नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई सात हजार, तेस्रो हुनेलाई पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप तीन हजार दिने निर्णय गरेको छ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु