global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई बूढानीलकण्ठको लेमोन ट्रि होटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई बूढानीलकण्ठको लेमोन ट्रि होटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई बूढानीलकण्ठको लेमोन ट्रि होटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।

ग्राहकले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्ने छन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु