global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन । उनले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताएका छन ।

जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो ।

सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ ।

सन् २०२४ मा अमेरिकासँग ५६ अर्ब डलरको व्यापार लाभ कमाएको दक्षिण कोरियाका लागि यो सम्झौता सफल रूपमा प्रस्तुत गरिएको छ ।

१५ प्रतिशतको भन्सारकर दक्षिण कोरियाका मुख्य निर्यात सामानहरु कार र सेमिकण्डक्टरमा लागू हुनेछ । तर स्टिल र एलुमिनियमजस्ता अन्य महत्त्वपूर्ण सामानहरुमा भने ट्रम्पले तोक्नुभएको ५० प्रतिशतको विश्वव्यापी दर अनुसार कर लाग्नेछ ।

यद्यपि, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगले यो सम्झौतालाई अन्य राष्ट्रहरूसँग बराबरी वा अझ राम्रो स्थितिमा राख्ने सम्झौता भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको  छ । ३५० अर्ब डलरमध्ये १५० अर्ब डलर अमेरिकी युद्धपोत तथा अन्य जलपोत निर्माणका लागि लगानी गरिनेछ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु