global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

अमेरिकामा विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

अमेरिकामा विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरण गर्नेबित्तिकै पाइलटलाई पक्राउ गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेल्टा एयरलाइन्सको विमान आइतबार बिहान ७ बजेतिर अवतरण गर्नासाथ यौन उत्पीडनको आरोपमा को-पाइलट ३४ वर्षीय रुस्टम भागवगरलाई गिरफ्तार गरिएको हो।

उनी भारतीय मूलका व्यक्ति भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

कन्ट्रा कोस्टा काउन्टी सेरिफ विभागका अधिकारी र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका एजेन्टले मिनियापोलिसबाट आइपुगेको केही समयपछि डेल्टा फ्लाइट २८०९, बोइङ ७५७-३०० को ककपिटमा प्रवेश गरी पाइलट भागवरलाई नियन्त्रणमा लिएका हुन्।

प्रत्यक्षदर्शीहरूले विमान रोकिनेबित्तिकै कम्तीमा १० जना एजेन्ट विमानमा चढेर पाइलटलाई हिरासतमा लिएको बताएका छन्।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु