गृहपृष्ठ कुमारी सुनौलो योजनाको लाभांश घोषणा
कुमारी सुनौलो योजनाको लाभांश घोषणा
कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित कुमारी सुनौलो योजनाको गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा भएको छ।
कोष प्रवर्द्धक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्दै शुभ लम्मी कोषका इकाइधनीहरुलाई कर सहित ८.८८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश बापतको रकम पुनः लगानी गर्न सक्ने योजना पनि क्यापिटलले ल्याएको छ।
इकाइधनीले आफूले प्राप्त गर्ने लाभांश बापतको रकम थप इकाइहरु खरिद गर्न सक्नेछन्। थप इकाइ खरिदका लागि इकाइधनीहरुले साउन २७ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ।
प्रकाशित समय : १०:४० बजे


















