गृहपृष्ठ प्रतिनिधिसभाले भूमि विधेयकलाई संसदीय समितिमा पठायो
प्रतिनिधिसभाले भूमि विधेयकलाई संसदीय समितिमा पठायो
सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट /रासस
प्रतिनिधिसभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रश्तुत गरेका थिए । यो प्रस्तावलाई संसद्ले सर्वसम्मत रूपमा स्वीकृति जनाएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित समय : १८:२५ बजे




















