global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

जनकपुर । खडेरीको मारमा परेको मधेश प्रदेशमा राहतका रूपमा चालु आर्थिक वर्षको योजना ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडानबाट सुरु गरेको छ ।

मधेश प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम तलाउस्थित मन्दिर क्षेत्रमा पहिलो चरणको खानेपानी डिप बोरिङ्ग जडान कार्य थालेको हो । साउने सोमवारी मेलामा आउने श्रद्धालुहरूलाई परेको खानेपानी अभाव समाधान गर्न सो कार्य सुरु गरिएको हो ।

बिहीबार एक विशेष कार्यक्रममा प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा मन्दिरका पुजारी राधामोहन दासद्वारा विधिपूर्वक पूजा गरि बोरिङ्ग कार्यको सुरुवात गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले खडेरीका कारण सिचाइ तथा खानेपानी दुवैमा गम्भीर समस्या उत्पन्न भएको भन्दै विभिन्न वडामा डिप बोरिङ्ग जडानको माग राखेका थिए ।

उनीहरूको पीडा सुन्दै मन्त्री यादवले भने, ‘संसाधन सीमित भए पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी वडावडामा खानेपानी बोरिङ्ग जडान कार्य अघि बढाइएको छ ।’

गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।

मन्त्री यादवका अनुसार प्रदेश सरकारले तत्कालका लागि प्रत्येक वडामा डिप बोरिङ्ग जडान गर्ने योजना अघि सारेको छ । उनले भने, ‘खडेरीले सिचाइ मात्र होइन, खानेपानीमा समेत गम्भीर असर पारेको छ । त्यसैले अहिले प्राथमिकता खानेपानीमा दिइएको छ ।’

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु