global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

भद्रपुरमा गत आर्थिक वर्ष २०८१/८२ (साउन–असार)मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त एक वर्षको अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताए ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् ।

कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्या भन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईको भनाइ छ । उनका अनुसार कार्यालयले आव २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ९१ लाख ५० हजार ९०० राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु