global ime bank Long Banner Ad

गृहपृष्ठ कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक

कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक

कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ।

पहिलो चरणमा ३,३६१ विद्यार्थी छनोट भएका छन । मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने विभागले जनाएको छ ।

परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२/०४/०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२/०४/१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताए ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी थिए । तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०प्रतिशत (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गरेका छन।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु