global ime bank Long Banner Ad

गृहपृष्ठ मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

रामेछाप । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ ।

च्याँडीको अक्कर भीरमापिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षतिपुगेको हो ।

निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ ।धसिएको सडक पुनःमर्मत गर्नुपर्नेमाग स्थानीय वासीको रहेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्क बहादुर प्रधानले पनि सडकमा केहीक्षति पुगेको कुरा स्वीकार गरे ।

सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पु-याएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधान हुने जानकारी दिए ।

‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाए पछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’, उनले भने ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु