गृहपृष्ठ सीजी मोटर्सले ल्यायो एक्स्ट्रा ओडिनरी अफर
सीजी मोटर्सले ल्यायो एक्स्ट्रा ओडिनरी अफर
एवाेन ईभीकाे आधिकारिक वितरक सीजी माेटर्सले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ। नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले कम्पनीले यो अफर ल्याएको हो ।
सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवाेन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । Dost Seres यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवाेनको दृष्टिकोणलाई सुदृढ गर्नु हो।
अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको लोन अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ। साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ।
प्रकाशित समय : १४:०४ बजे



















