काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सूचना आयोगले सुरु गर्यो आरटिआई म्यानेजमेन्ट प्रणाली

1.33K
shares

काठमाडौं । राष्ट्रिय सुचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा सुरु गरिएको हो ।

आयोगले बिहीबार काठमाडौँंमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका मन्त्रालयहरु, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर, कार्यालय स्तरका सूचनालाई अनलाइन प्रणालीबाट माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन गर्ने बिषयका सुचनाको हकबारे आयोगले बताएको छ ।

आयोगले प्रणाली सन्चालन गर्नुका साथै संघ र प्रदेश र स्थानीय सरकारले सूचना तथा संचार नीति निर्माण तथा संशोधन सुचनाको हक सम्बन्धी विषयमा बहिरा समुदाय तथा अपाङ्ता भएका व्यक्तिहरुको सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था मिलाउनु पर्ने भन्दै सरकारलाई सुझाव तथा निर्देशन दिएको छ ।